कोरोना महामारी : काठमाडौं उपत्यकामा भयावह स्थिति आउन सक्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुक्त ढकालले काठमाडौं उपत्यकामा कुनैपनि बेला कोरोना संक्रमणको भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

उनले अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने बताएका हुन ।

मन्त्री ढकालले बाहिरि जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइनेउल्लेख गरे ।

स्वास्थ्य मन्त्री ढकालले सरकारले लागू गरेका नियम र मापदण्ड पालना नगर्दा फेरी संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको बताए ।

लकडाउन खोलेपछि मानिसहरुले सुरक्षा सावधानीहरुलाई उलङ्घन गरेकाले स्थिति खराब बन्दै गएको उनको भनाई थियो ।

मन्त्री ढकालले सरकारसंग दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा रहेको दाबी पनि गरेका छन् ।

उनले ६ लाखको पीसीआर परीक्षण गर्ने तयारी गरिरहेको समेत जानकारी दिए ।

परीक्षण नगरेको कारणले रिपोर्टहरु कम भएको भन्ने सत्य नभएको भन्दै उनले सरकारले बनाएको मापदण्ड अनुसार नै परीक्षण भएको दावी गरे ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री