लकडाउनबारे छलफल गर्न विज्ञहरुलाई प्रधानमन्त्रीको निम्तो

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्यामा तिब्र बृद्धि भएपछि फेरि लकडाउन गर्ने वा नगर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली छलफलमा जुटेका छन् ।

ओलीले फेरि लकडाउन गर्नेबारे टुंगो लगाउन जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई छलफलका लागि डाकेका छन् ।

लकडाउन खुकुलो भएपछि कोरोना संक्रमण झन बढेकाले प्रधानमन्त्री ओली छलफलमा जुटेका हुन् ।

लकडाउनबारे छलफल गर्न ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री,सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएका छन् ।

मंगलबार बैठक आयोजना हुने बताइए पनि समय भने तय भैसकेको छैन ।

विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिइरहेका छन् ।

लकडाउन खोल्दा आवश्यक सावधानी नपाएर निर्णय लिइएको भन्दै सरकारको आलोचना समेत भएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री