बामदेव कुनै पनि गुटमा नलाग्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने प्रष्टीकरण दिएका छन् ।

मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा गौतमले आफू सानो ठूलो कुनै पनि गुटमा नलाग्ने बताएका हुन ।

गौतम निवासमा पुगेका दाहालले सोधेको प्रश्नमा उनले कुनै गुटमा पनि नलाग्ने जवाफ दिनुभएको उनका सहयोगी विश्वमणि सुवेदीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

सुवेदीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘क.प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो । उपाध्यक्ष क. वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क. प्रचण्डलाई बिदा गर्नुभयो ।’

गौतमले आफू पार्टी एकताप्रति दृढ रहेको भन्दै कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नरहेको पनि दाहाललाई जवाफ दिए ।

पार्टीमा समाधान खोज्न भन्दै साउन १३ गते गौतमले प्रधानमन्त्री केपी ओलीको समर्थनमा देखिने जस्तो ६ बुँदे प्रस्ताव ल्याएपछि दाहाल गौतमसँग सशंकित भएका छन् ।

आफ्नो समर्थनमा ६ बुँदे प्रस्ताव ल्याएपछि प्रधानमन्त्री ओली भने गौतम निवास भैसेपाटी पुगेर रात्रि खाना नै खाएर फर्किएका थिए । नेता गौतम आफ्नुकूल गूट परिवर्तन गरिरहन्छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री