प्रत्येक नेपालीको ताप्लोमा ४७ हजार ९०४ रुपैयाँ ऋण

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं । सरकारको अनावश्यक क्षेत्रमा खर्च बढ्दा वैदेशिक ऋणको आकार वर्षेनि बढिरहेको छ ।

नेपालजस्तो विकासोन्मुख मुलुकले पूर्वाधार विकासका लागि वर्षेनि अर्बौं रकम विभिन्न बहुपक्षीय तथा द्विपक्षीय सहयोग तथा अनुदान लिने गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्ममा १४ खर्ब १८ अर्ब रुपैयाँ ऋण पुगेको छ ।

यस अवधिमा कुल ऋणको ५३ प्रतिशत अर्थात् आठ खर्ब पाँच अर्ब वैदेशिक ऋण छ भने छ खर्ब १३ अर्ब अर्थात् कुल ऋणको ४७ प्रतिशत आन्तरिक ऋण छ ।

केन्द्रीय तथ्यांक विभागकाअनुसार शनिबारसम्म नेपालको जनसंख्या तीन करोड ४५ हजार ३४२ रहेको छ ।

यो तथ्यांकलाई आधार मान्दा एकजनाको भागमा कुल ऋण दायित्व ४७ हजार २२५ प्रतिव्यक्ति हुन आउँछ ।

महालेखापरीक्षकको ५७औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/०७६ को अन्तिमसम्म नेपालीको प्रतिव्यक्ति ऋण ३५ हजार ३२१ रुपैयाँ थियो ।

२०७७ साउनसम्म आइपुग्दा नेपालीको प्रतिव्यक्ति ऋण ११ हजार ९०४ रुपैयाँ थप भइ ४७ हजार ९०४ रुपैयाँ प्रतिव्यक्ति पुगेको हो ।

महालेखाको प्रतिवेदनले आर्थिक वर्ष २०७५/०७६ को अन्तिममा १० खर्ब ४८ अर्ब कुल ऋण दायित्व पुगेको उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७४/०७५ को तुलनामा सरकारी ऋण दायित्व १४।५१ प्रतिशत अर्थात् एक खर्ब ४२ अर्बले सरकारको ऋण दायित्व बढेको हो ।

आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्ममा आइपुग्दा यो ऋण ३५ प्रतिशतले अर्थात् तीन खर्ब ७० अर्बले ऋण बढेको छ ।

टिप्पणी थप्नुहोस्