अख्तियार प्रमुख नविन घिमिरेलाई कोरोना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको सामूहिक परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि उनी मंगलबारबाट आइसोलेनमा बस्ने बताइएको छ । यसअघि आयोगको केन्द्रीय कार्यालयमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा संक्रमण पुष्टी भइसकेको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री