काठमाडौं उपत्यकामा दर्जनबढी काम कारवाही र व्यवसाय गर्न निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यकामा कोरोना सङ्क्रमण बढ्दैगएको भन्दै खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुसलगायत कुनै पनि भीडभाड हुने कार्यहरू निषेधित गरेको छ ।

उपत्यका भित्रका तीनवटै जिल्ला प्रशासनले शुक्रबार एक आदेश जारी गर्दै निषेधित गरेको जानकारी दिएको हो ।

यो आदेश शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते १२ बजेसम्मको लागि भएको प्रशासनले उल्लेख गरेको छ ।

निषेधित आदेशको विपरीतका कुनै गतिविधि भएमा स्थानीय प्रशासन ऐनबमोजिम कारबाही गर्ने बताएको छ ।

यी गतिविधिमा रोक
खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न।
भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव संचालन गर्न।
दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु।
उद्योग व्यापार, व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलापहरु।
चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु।
शैक्षिक संस्थाहरु संचालन गर्न।
सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न।
फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न।

उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकरकामदारको ओसार पसार गर्न।
टेक वे बाहेक होटल, रेस्टुराँ सञ्चालन गर्न।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री