सुनसान सडकमै पक्राउ परे एक हजार जना, दुई घन्टा उभ्याएर छाडिए

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञामा निकै कडाई गरेको छ । अघिल्ला दिनको तुलनामा सडकहरु सुनसान छन् । चोक चोकमा प्रहरी तैनाथ देखिन्छन्।

काम विशेष नभएरै पनि घर बाहिर निस्कनेहरु प्रहरी निशानामा परेका छन् । विहीबार मात्रै एक हजार ७० भन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको छ । प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको अभियोगमा काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरु पक्राउ परेको हुन् ।

निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा उनीहरुलाई दुई घन्टा सडकमा उभ्याएर छाडिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

काठमाडौंका तीनै जिल्ला प्रशासनले बुधबार मध्यरातबाट उपत्यकाभर एक साताका लागि निषेधाज्ञा लगाएका हुन् ।

निषेधाज्ञाको पहिलो दिन सडकमा पानी, औषधि ढुवानी, प्रेस, जस्ता अत्यावश्यक सवारीसाधन मात्रै चलेका थिए । पहिलो दिन बिहीबार बैंक तथा वित्तीय संस्थाहरू बन्द रहे । सहरका भित्री क्षेत्रमा केही फलफूल, तरकारी, किराना तथा औषधि पसल फाट्टफुट्ट सञ्चालनमा थिए भने अरु सबैजसो पसल बन्द भए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री