काठमाडौं उपत्यका सुनसान, सडकमा पाँच हजार सुरक्षाकर्मी

काठमाडौं । कोरोनाभाइरस (कोभिड—१९) संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको शुक्रबार दोस्रो दिनपनि काठमाडौं उपत्यका सुनसान देखिएको छ ।

एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका कारण उपत्यकाका सडकहरु सुनसान देखिएका छन् । अत्यावश्यकबाहेकका सवारीहरु बन्द छन् ।

खाद्यान्न, तरकारी, फलफूल, खानेपानी, विद्युत्, सञ्चारलगायतका सवारी सञ्चालनमा रहेका छन् । शुक्रबार पनि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

शुक्रबार दोस्रो दिनपछि औषधि र खाद्यान्नबाहेकका अन्य पसल खुलेका छैनन् । खाद्यान्नका पसलहरु पनि प्रहरीले बिहानीको समयमा मात्रै खुला गर्न दिएको छ । सवारी साधन चलाउने र पैदलयात्रा गर्नेलाई प्रहरीले सोधखोज गरिरहेको छ ।

सडक नियाल्दा बैंक तथा बित्तिय क्षेत्रका कर्मचारीहरु कार्यलय पैदलै जाँदै गरेको देखिन्थ्यो भने खुलेका शाखामा पैसा झिक्न सर्वसाधरणको भिड देखिन्छ ।

अत्यावश्यक कामबाहेक बाहिर निस्किनेलाई केही समय ‘होल्डिङ’ सेन्टरमा राखेर छाड्ने गरिएको छ । प्रशासनले अनावश्यक काममा बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।

तीनै जिल्लामा निषेधाज्ञालाई कडा पार्न ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निषेधाज्ञामा कडाइ गर्न भन्दै नेपाल प्रहरी र ससस्त्र प्रहरीका गरी करिब ५ हजार सुरक्षाकर्मी खटाइएको हो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री