थप नौं जनाको मृत्यु, देशभर ६३४ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा गरी नौजनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा पर्साका तीन, सुनसरीका दुई, बारा, सिरहा, मकवानपुर र भक्तपुरका एकरएकजना रहेका छन् । योसँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा १२ हजार १९ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा देशभर ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामामात्रै २१६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १६०, भक्तपुरमा ५० र ललितपुरमा छजना संक्रमित थपिएका हुन् ।

प्रवक्ता डा। गौतमले पछिल्लो २४ घन्टामा देशभरका विभिन्न अस्पतालबाट १३६ जना ‘डिस्चार्ज’ भएको जानकारी दिए । योसहित कोरोना निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ । ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री