काठमाडौं उपत्यकामा पसल खोल्ने समय एक घन्टा थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म मात्रै तरकारी, फलफूल र खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले जारी जारी निषेधाज्ञालाई ख्याल गर्दै यो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् ।

यसअघि ८ बजेसम्म पसल खोल्न दिइएकामा अरु एक घण्टा थपिएको दाहालले जानकारी दिए । तर औषधि पसल भने अरु समयमा पनि खोल्न दिइनेछ । यो निर्णय कार्यान्वयनका लागि तीन वटै जिल्ला प्रशासनले सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् ।

टिप्पणी थप्नुहोस्