अर्बपति विनोद चौधरीलाई कोरोना पोजेटिभ

काठमाडौं । उद्योगपति एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

अर्बपति नेपाली उद्योगी चौधरीले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण परीक्षण गर्दा संक्रमणको पुष्टि भएको तर आफूमा कुनै लक्षण नदेखिएको पनि ट्वीट्मा चौधरीले जनाएका छन् ।

डाक्टरको सल्लहमा आफू आइसोलेसन(एकान्तवास) मा रहेको भन्दै उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री