जापानका प्रधानमन्त्री आबेद्वारा राजीनामाको घोषणा

काठमाडौं । जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्।

पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना माग्दै उनले आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भनेर पद त्यागेको बताएका छन् ।

यसअघि उनको दलले आबे पदत्याग गर्ने मनस्थितिमा भएको पुष्टि गरेको थियो।

उनी आन्द्राको समस्याबाट लामो समयदेखि पीडित छन्। अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ।

यसअघि अस्पताल भर्ना भएलगत्तै आवेको स्वास्थ्य अवस्थाका बारेमा सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री आवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुन ।

उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । यद्यपी, ६५ वर्षका प्रधानमन्त्री आवेले आफ्नो कार्यकालमा जापानमा धेरै विकासका कामहरु गरेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उनले स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए । सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री निर्वाचित हभएका आवे आठ वर्ष लगातार प्रधानमन्त्री बने ।

टिप्पणी थप्नुहोस्