काठमाडौं उपत्यकामा ४२९ सहित नेपालमा थप १२२१ जनामा कोरोना

काठमाडौं । नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२२१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ। संक्रमितमध्ये २० हजार ८२२ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार आइतबार २६७ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

त्यस्तै, काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप ४२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको प्रवक्ता डा। गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका ३७२, ललितपुरका १२ र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री