काठमाडौं उपत्यकामा ३८८ सहित देशभर ११२० जनामा कोरोना

काठमाडौं । नेपालमा थप ११२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११२० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ। संक्रमितमध्ये २३ हजार २९० जना निको भएर घर फर्किएका छन् ।

संक्रमणबाट २५१ जनाको मृत्यु भएको छ। बुधबारमात्रै कोरोनालाई जितेर १११२ जना घर फर्किएका छन्।

यता, काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उपत्यकामा थप ३८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका ३५०, ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री