किलागल दाँतसँग सम्बन्धित अनौंठो धार्मिक स्थल(भिडियो)

भिडियो: मोनिका वाईबा

काठमाडौंको किलागलले एउटा इतिहास बोकेको छ । नेपालीहरुको आस्था र विश्वास छ । किनकी किलागलको धार्मिक महत्व र इतिहास पनि अनौठो छ । यहाँ पूजा गर्न किला र पैसाको सिक्का अनिवार्य मानिन्छ ।

मान्छेको दाँत मक्किएर दुखेमा अर्थात किराले खाएमा वा दाँतसँग सम्बन्धित अन्य समस्या भएमा किलागलमा गएर किला ठोक्ने चलन छ । यहाँ आएर किला ठोकेमा दाँतको समस्या समाधान हुने विश्वास गरिन्छ । यो चलन लिच्छवीकाल देखि चलिआएको स्थानीय जानकारहरु बताउँछन् ।

दाँत दुख्यो भने फलामको किलो दाँतमा छुवाएर बाङ्गेमुढामा रहेको किलागलमा सिक्का ठोकेमा दुःखाइ निको हुने जनविश्वासका साथ अहिले पनि मानिसहरु यहाँ पुग्ने गर्छन ।

नेपालमा पुराना दन्त चिकित्सकहरुको किलागलसँग सम्बन्ध छ । नेपालका पहिलो दन्त चिकित्सकहरु यसै क्षेत्रका हुन । यहाँ गएर अवलोकन गर्दा पुराना दन्त शिविरहरु भेटिन्छन । एउटै टोलमा १७ वटासम्म शिविरहरु रहेको भेटाइन्छ । इन्द्रजात्राको कथामा किलागलको बेग्लै बर्णन गरिएको पाइन्छ ।

कुनै समय किलागलमा फलामका तीन खुट्टा भएको करुवा ठोकिन्थ्यो । त्यहीँको अर्को पुरानो करुवा झिकेर ल्याई नयाँ मूल ढोकाको चौकोसमा ठोकिन्थ्यो, जसले घरको रक्षा हुन्छ भन्ने मान्यता थियो।

टिप्पणी थप्नुहोस्