नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या ३०० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९७९ जना संक्रमित थपिएका हुन् ।

यो सहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् ।

योसहित हालसम्म कोरोना निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ छ ।

पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण भएको छ ।

टिप्पणी थप्नुहोस्