डा.शशांक कोइरालालाई कोरोना पोजेटिभ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना पोजेटिभ देखिएको छ ।

संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका छन् । डा. कोइरालामा कोरोना पोजेटीभ देखिएसँगै उनको कन्ट्याक्ट ट्रेसिङमा रहेका सबैको स्वाब परीक्षण सुरुगरिएको छ ।

महामन्त्री कोइराला उनकै श्रीमती डा सुपात्राको निगरानीमा स्वास्थ्यलाभ गरिरहेका थिए। केहि दिनअघि सामान्य ज्वरो आएपछि कोइरालाको स्वाब परीक्षण गरिएको थियो।

रिपोर्ट पोजेटिभ आएपनि कोरोनाको लक्षणहरु भने नदेखिएको कोइरालाले ट्वीटमार्फत जनाएका छन् ।

उनले ट्ववीटमा लेखेका छन–आज गरिएको परीक्षणका क्रममा म मा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन। चिकित्सकहरुको सल्लाह अनुसार हाल म होम आइसोलेसनमा बसेको छु। मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु। जय नेपाल ।’

 

टिप्पणी थप्नुहोस्