यो ब्यवस्थाले मुलुकमा आधारभूत परिवर्तन गर्नै सक्दैन : सासंद प्रदिप गिरि(अन्तरवार्ता)

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा समाजवादी चिन्तक प्रदिप गिरिले नेपालमा नयाँ ब्यवस्था आवश्यक भएपनि यसको खाका कोर्ने साहस कसैले गर्न नसकेको औंल्याएका छन् ।

अहिलेका मन्त्रीले सानातिना काम बाहेक आधारभूत परिवर्तन गर्न नसक्ने, सदनमा ७५ प्रतिशत सांसदले बोलेको कुरा कहीं सुनुवाइ नहुने भएकाले नेपालमा वर्तमान शासन ब्यवस्था प्रभावकारी हुन नसकेकोको उनको बुझाइ छ ।

मुलुकमा बैकल्पिक व्यवस्था आवश्यक भएकाले यसको खाका कसैले पनि तयार गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले देश एउटा नीतिमा चल्न नसकेको र मुलुकमा ब्यापक असन्तोष बढेको बताए । मुलुकमा भएको क्रान्ति र बलिदान अनुसार आएको परिवर्तनले एउटा नागरिकको आधारभूत आवश्यक्ता पूरा गर्न नसकेको उनको बुझाइ छ ।

शहरको सुविधा गाउँमा पुर्‍याउन नसक्दा समस्या जटिल बन्दै गएको उनले बताए । शासन ब्यवस्था, समाजवादी चिन्तन, समसामयिक राजनीतिलगायतका विषयमा रुपान्तरण डटकमका तर्फबाट किशोर नेपालले गिरिसँग गर्नुभएको कुराकानीः

 

 

 

 

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री