सत्याग्रही गंगामाया अधिकारीको जीवन जोखिममा

काठमाडौं । लामो समयदेखि न्यायका लागि संघर्षरत सत्याग्रही गंगामाया अधिकारीको जीवन जोखिममा पर्ने भएको छ ।

वीर अस्पतालको शैयामै सत्याग्रहमा रहेर वर्षौदेखि आफ्ना छोरा कृष्णप्रसादका हत्यारालाई कार्वाहीको माग गरिरहेकी अधिकारीको स्वास्थ्य वीर अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा विकास गरेपछि संकटमा परेको हो ।

वीर अस्पताललाई कोरोना अस्पतालका रुपमा विकास गरेपछि अरु विरामीलाई अन्यत्र सारिसक्दा पनि उनलाई भने त्यहाँबाट नसारेका कारण उनको जीवन जोखिममा परेको हो ।

उनको जीवन नै जोखिममा पर्ने गरी उनलाई कोरोनाका विरामीसँगै राखेकोमा अधिकारवादीहरुले आपत्ति जनाएका छन् ।

शनिबार ३० जना नागरिकले संयुक्त अपील प्रकाशन गर्दै अधिकारीलाई तत्काल त्यहाँबाट अन्यत्र सारेर जीवन रक्षा गर्न माग गरेका छन् ।

यसरी अपील गर्नेमा पूर्वप्रधानन्यायाधीशत्रय केदारनाथ उपाध्याय, कल्याण श्रेष्ठ, सुशीला कार्की छन् । यसैगरी पूर्वसभामुख एवं अधिकारकर्मी दमननाथ ढुगांना, नागरिक अगुवा केदारभक्त माथेमा, शम्भु थापा, डा.विरेन्द्र मिश्र, डा.गौरी शंकरलाल दास, चरण प्रसाई, प्रा.कपिल श्रेष्ठ, चाँदनी जोशी, डा. विपीन अधिकारी रहेका छन् ।

यसैगरी अधिकारकर्मी भक्त विश्वकर्मा, लिली थापा, सावित्री श्रेष्ठ, इन्द्र अर्याल, दिनेश त्रिपाठी, ओम प्रकाश अर्याल, देवी सुनुवार, महामुनिश्वर आचार्य, बाबुराम गिरि, आशिकराम कार्की, गणेश मण्डल, बद्रीप्रसाद भूसाल, सुमन अधिकारी, राजुप्रसाद चापागाँई, राजन कुइकेल, अनिता थपलिया, ओम प्रकाश सेन ठकुरी, विकास वस्नेत छन् ।

टिप्पणी थप्नुहोस्