कुलमान घिसिङ कार्यकाल सकियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण आइतबारबाट नेतृत्वविहीन भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल सकाएर आइतबार बिदा भएका छन् ।

उनको ठाउँमा कस्लाई ल्याउने भन्नेमा सरकार अझै अनिर्णित छ । घिसिङले कार्यकाल सकाएर बिदा हुने दिनसम्म पनि मन्त्रिपरिषदमा मन्त्रालयबाट प्रस्ताव गएको छैन ।

मुलुकमा १८ घण्टा लामो लोडसेडिङ अन्त्य गराएको जस पाएका घिसिङलाई नै अर्को कार्यकाल थमौति गर्न जनस्तरबाट माग भइरहेको छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी छ ।

उर्जा मन्त्री वर्षमान पुन र नेकपा अध्यक्ष पुष्पकमल दाहाल घिसिङलाई दोहोर्‍याउने पक्षमा रहेको बुझिएको छ ।

प्रधानमन्त्री केपी ओली भने घिसिङको पक्षमा नरहेको त्यसको सट्टा पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवालीलाई लैजानुपर्ने पक्षमा रहेको बताइन्छ ।

२०७३ सालको भदौ २९ गते नियुक्त भएका घिसिङको कार्यकाल आइतबार राति १२ बजेदेखि सकिन लागेको हो ।

टिप्पणी थप्नुहोस्