ओलीको अहंकार र अज्ञानताले संकट जटिल बन्यो

काठमाडौं । जनता समाजावादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र अज्ञानताका कारण कोरोना संकटले जटिल रुप लिएको बताएका छन् ।

बन्दाबन्दीलाई अन्तिम विकल्प सम्झेर प्रधानमन्त्री ओलीले आफूलाई सर्वज्ञानी ठान्दा कोरोनाले आर्थिक तथा सामाजिक संरचनामा गम्भीर असर पारेको उनले आरोप लगाए ।

नेता डा. भट्टराईले अर्थतन्त्र २.२८ प्रतिशतमा खुम्चिनु, बेरोजगारी दर बढ्नु र साना तथा ठूला उद्योगहरुमा ६० प्रतिशत गतिविधि घट्दा आगामी दिनहरु थप चुनौतीपूर्ण हुने दाबी गरे ।

डा. भट्टराइले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताविरोधीहरुको हातमा नेतृत्व गएसँगै संविधान कार्यन्वयनमा चुनौती थपिएको दाबी गरे ।

माओवादी जनयुद्ध र शान्ति–प्रक्रियाको विपक्षमा उभिएका ओली क्षणिक राष्ट्रवादको नारा लगाएर सत्तामा पुगेको उनको आरोप छ । निरन्तर आलोचित भइरहेको कम्युनिष्ट नेतृत्वको सरकारको विकल्प खोजिन थालेको डा. भट्टराईले दाबी गरे ।

टिप्पणी थप्नुहोस्