कोरोनाबाट थप ११ जनाको मृत्यु, १,२०४ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा सात महिला र चारजना पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्र पाँचजना रहेका छन् । काठमाडौंका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, ललितपुरका ७६ र ६८ वर्षीया महिला तथा ललितपुरकै ६० वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाका कारण मोरङका ६५ वर्षीय महिला, रौतहटका ५१ वर्षीया महिला, सर्लाहीका ५६ वर्षीया महिला, मकवानपुरका ३७ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ पुरुषको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा देशभर एक हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिए ।

काठमाडौं उपत्यकामा ७११ जना संक्रमित थएिका छन् । थपिएका संक्रमितमा काठमाडौंका मात्रै ५७० जना रहेका छन् । भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै, पछिल्लो २४ घन्टामा देशभरबाट एक हजार ४४७ जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको छ ।

टिप्पणी थप्नुहोस्