सार्वजनिक यातायात खुले लगत्तै एकैदिन नौं सडक दुर्घटना

धरान । लामो समयको लकडाउन र निषेधाज्ञामा ठप्प रहेको लामो र छोटो दुरीका सार्वजनिक यातायात संचालन भएकै दिन शुक्रवार प्रदेश १ मा नौं स्थानमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु हुनाका सथै नौं जना घाइते भएको प्रादेशीक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

मोरङको पूर्व पश्चिम लोकमार्गको बेलबारी नगरपालिका–१० स्थित भाउन्ने जंगल सडक खण्डमा शुक्रबार मोटर साइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो । को १७ प ८५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बेलबारीका ५० वर्षिय शम्भु दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका दहालको उपचारका लागि धरान स्थित वीपी प्रतिष्ठानमा उपचार गर्दा गर्दै मृत्यु भएको हो । मोटरसाइकल र चालक सुन्दरहरैचा–१० का २५ वर्षिय उमेश भट्टराईलाई भाउन्ने प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
शुक्रबारै धरान वडा ४ मा भेडेटार बाट धरान तर्फ आउँद गरको बा ४ ख ९७८३ नम्बरको टिफर अनियन्त्रियत भई भिरबाट तलतिर खस्दा चालक उदयपुर तामाश्री–३ का ४२ वर्षिय नेत्रप्रसाद भट्टराई गम्भीर घाइते भएका छन् । कोशी राजमार्गको नौकिलोमा टिफर अनियन्त्रित भई सडकबाट ६०० मिटर तल खसेको हो । चालक हामफालेर सडकबाट १०० मिटर तल अडकेर बाँचेका थिए । उनको वीपी प्रतिष्ठानमा उपचार भैरहेको छ ।

बसहरु पातलो चलेकाले शुक्रबार राजमार्गमा तीन पाङग्रे टेम्पुहरु यात्री ओसार्न सकडमा प्रतिस्पर्धा थियो । मोरङको सुन्दरहरैचा–७ गछिया चौकको भिडभाड बीचको २ह४५६३ नम्बरको अटो रिक्साले ठक्कर दिएर साइकल यात्री गछियाका १८ वर्षिय किशोर शर्वधन लाई घाइते बनाएको प्रदेश ट्राफिकले जनाएको छ । टेम्पो चालक पाँचथर नगरपालिका–३ का ४६ वर्षिय सन्त पोख्रेल पक्राउ परेका छन् ।

यसैबीच सुनसरीको इनरुवमा दुई मोटरसाइकल आपसमा ठोक्किंदा एक गम्भीर घाइते भएका छन् । ईनरुवा–५ बलाहा–दुहवी सडक सडकखण्डमा दुहवीबाट ईनरुवा आउँदै गरेको को३९प १०४० र को २२प५९२७ मोटरसाइकल आपसमा ठक्कर खादा ५९२७ नम्बरको मोटरसाइकल पछाडी बसेको गढीगाउँ–३ का ४५ वर्षिय श्याम खड्का गम्भिर घाइते भएको छन् । उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भैरहेको छ । मोटरसाइकल चालक दुहवी ५ का रबि अग्रहरी र गढिगाउँ–२ का गौतम माझी पक्राउ परेका छन् ।

शुक्रबार उदयपुरको मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री उदयपुरगढी गाउँ–६ का ७७ वर्षिय मतमबहादुर तामाङ घाइते भएका छन् । उनलाई नेपालटारबाट कटारी जाँदै गरेको स ८ प ७८६८ नम्बरको दोलखा जिरीका लाम्पा शेर्पाले हाँकेको मोटरसाइलले ठक्कर दिएको हो । घाइतेको विराटनगर स्थित न्युरो अस्प्तालमा उपचार भैरहेको छ ।

यसैबीच सुनसरीको इटहरी स्थित पूर्वी पृतना अगाडि राजमार्गमा कारले मोटरसाइक लाई ठक्कर दिएर भाग्दै गरेको बा १३ च ४५१४ कारले नेपाल बैंक अगाडि दोश्रो पटक सफारी र अर्को कारलाई समेत ठक्कर दिँदा २ जनालाई घाइते बनाएको प्रहरीले बताएको छ ।

उक्त कारले पहिले को ३३ प १५०१ नम्बरको कारले मोटरसाइकल र दोश्रो पटक को १ ह ८४५३ नम्बरको सफारी लाई ठक्कर दिएको हो । घट्नामा पहिलो मोटरसाइकल चालक २४ वर्षिय राजेन्द्र मिश्र र सफारी चलाक राजकुमार लिम्बु घाइते भएका छन् । कार चालक ५० वर्षिय रमेश श्रेष्ठसहित चारवटै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको ग्रामथान गाउँपालिका–५ मसान चौकमा मोटरसाइकलले ठक्कर दिंदा साइकल यात्री ६० वर्षका आयलाल माझी गम्भिर घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भैरहेको छ । ठक्कर दिने को २९ प ४८०० नम्बरको मोटरसाइकल चालक ३५ वर्षिय पारस माझी पनि घाइते भएकाले प्रहरी नियन्त्रणमा उपचार गराइरहेका छन् ।

शुक्रबार नै विराटगर–७ अतिथि सदन नजिक कारले स्कुटरलाई ठक्कर दिंदा २ जना घाइते भएका छन् । घाइतेहरुमा को २७ प २३७ स्कुटर सवार सुजित राठी र पछाडी बसेका जयश्री राठी छन् । उनीहरुको विराट नर्सिङ होममा उपचार भैरहेको छ । ठक्कर दिने बा १८ च २२६७ को कार चालक र विराटनगरका २८ वर्षिय हिमाल भट्टराई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धरान–१६ सेत जंगल छेउमा मोटरसाइकलमा आउँदै गरेको बेला अर्को मोटरसाइकलले ठक्कर दिंदा प्रहरी हवल्दार प्रमोदकुमार झा घाइते भएका छन् । ठक्कर दिने मोटरसाइकल प्र १ –०२–०४२ को मोटरसाइकल र चालक २४ वर्षका सुरज विशंखे लाई प्रहरीले प्रकाउ गरेको । प्रहरी अनुसार घाइते हवल्दार प्रहरी पोष्ट श्यामबाट चेकिङ डिउटी खटिएका थिए ।

टिप्पणी थप्नुहोस्