गाउँका तरुणहरुले सम्झिए गणेशमान

धरान । नेपालमा पञ्चायती शासनलाई समाप्त गरी प्रजातन्त्र बहालीको लागि भएको २०४६ सालको पहिलो जनजआन्दोलनका नेता गणेशमान सिंहलाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको साबिक प्रकाशपुरमा संझना गरिएको छ ।
प्रकाशपुर चौकमा २३ औं गणेशमान सिंहको स्मृति दिवस, संविधान दिवसमा दीप प्रजज्लन गरी सकृय राजतन्त्रको विरुद्ध आन्दोलनको शुरुआत गर्ने नेताका रुपमा उनलाई तरुण दलका युवाहरुले संझना गरेका हुन् ।

स्थानीय युवा नेताहरुले लौह पुरुष नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको योगदान चर्चा गरेका थिए । उनिहरुले वीपी कोइरला र गणेशमान सिहको एकतालाई कांग्रेसका लागि अहिले पनि सान्दर्भिक भएको बताए ।

कार्यक्रममा अहिलेको संघीय संविधानको प्राप्तिको शुरुआत गणेमान सिंहले गरेको बताइएको थियो । तरुण दलका वडा १० कार्यवाहक सभापति शम्भु मगर, नेविसंघका नवीन श्रेष्ठ, चिरञ्जिबी खड्का, कांग्रेस बराहक्षेत्र १० सभापती तेजबहादुर गुरुङले सिंहका बारेमा चर्चा गरे ।

कांग्रेसको चौधौ महाधिवेशनमा देखिएको पार्टी भित्रको द्वन्द केन्द्र देखि गाउँसम्म बढेको बताउँदै उनिहरुले कांग्रेसलाई बलियो बनाएर पुरानै अवस्थामा पुर्‍याउन नेताहरुले त्याग गर्नुपर्ने आवश्यक्ता आएकोमा उनीहरुले जोड दिएका थिए ।

टिप्पणी थप्नुहोस्