देशभर १४ सय ९७ कोरोना संक्रमित थपिए

काठमाडौं । विगत २४ घण्टामा देशभर १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभर पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएको बताए ।

मन्त्रालयका अनुसार ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टी भएको हो ।

यो संख्या सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ४ सय ५७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । बिहीबारसम्म नेपालमा ५० हजार ४ सय ११ जना कोरोनामुक्त भएका छन ।

यसैगरी कोरोना संक्रमणकाबाट हालसम्म नेपालमा ४ सय ५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको पुगेको छ ।

जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६ सय १४ जना र होम आइसोलेशनमा ९ हजार ८ सय २३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको छ ।

टिप्पणी थप्नुहोस्