कांग्रेसले सरकार बिरुद्ध अन्दोलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १९ असोजमा बस्ने केन्द्रिय समिति बैठकमार्फत सरकार बिरुद्ध अन्दोलनको घोषणा गर्ने तयारी गरेको छ ।

सरकारले जन अकांक्षा विपरित काम गरेको, भ्रष्टाचारमा लिप्त भएको, मुलुकमा बढ्दो हत्याहिंसा तथ बलात्कारको न्युनिकरण गर्न नसकेको र कोरोना महामारी नियन्त्रणतर्फ ध्यान केन्द्रित नगरेको भन्दै कांग्रेसले सरकार बिरुद्ध आन्दोलनको तयारी गरेको हो ।

कांग्रेस सहमहामन्त्री डा। प्रकाशसरण महतले केन्द्रिय समितिमा सरकार बिरुद्ध आन्दोलनबारे प्रस्ताव लगिने बताए ।

कांग्रेसले कोरोनाकै बीच हुने सरकार बिरुद्धको अन्दोलनमा सामाजिक दुरी भने कायम गरिने जनाएको छ ।

बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको नेताहरुको बैठकले सरकारका पछिल्ला गतिविधिका बारेमा आन्दोलनमा जाने विषयमा छलफल भएको थियो ।

सो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दर्ता गराएको विरोधपत्रका बारेमा समेत छलफल भएको भएपनि केन्द्रिय समितिमा नै जवाफ दिने विषयमा देउवा पक्षीय नेताहरु अघि बढेका छन ।

यस्तै कांग्रेसले केन्द्रीय समितिको बैठकबाट नै संसद्को विशेष अधिवेशन आह्वानका लागि समेत सरकारलाई दबाब दिने समेत नेताहरुले बताएका छन ।

टिप्पणी थप्नुहोस्