भारतीय दूताबासद्वारा नेपाललाई ४१ एम्बुलेन्स र ६ वटा बस उपहार

काठमाडौं । भारतीय राजदूतावास काठमाडौँले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको छ।

महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा नेपालका विभिन्न ३० जिल्लाका संघसंस्था उक्त उपहार प्रदान गरेको हो ।

एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका दूतावासले जनाएको छ। दुताबासले पहिलो पटक तीन प्रकारका अत्याधुनिक एम्बुलेन्स प्रदान गरेको हो ।

एम्बुलेन्समा ट्राभलिङ्ग भेन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस जडान गरिएको छ।

सन् १९९४ देखि आज सम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराएको जनाएको छ।

टिप्पणी थप्नुहोस्