प्रधानमन्त्रीले पठाए ट्रम्पको स्वास्थ्य लाभको सन्देश

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन ।

राष्ट्रपति ट्रम्पलाई मेन्सन गरिएको ट्वीटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाको स्वास्थ्य लाभको कामना गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित भई सैनिक अस्पताल अस्पताल भर्ना भएका छन् ।

शुक्रबार गरिएको कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि उनी ह्वाइट हाउसमै आइसोलेसनमा बसेपनि ज्वरो नघटेपछि सैन्य अस्पताल भर्ना गरिएको हो ।

ज्वरोसहित कोभिड १९ का सामान्य लक्षण देखिएपछि ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

यद्यपि, अस्पताल भर्ना हुनुअघि एक भिडियो सन्देश दिँदै ट्रम्पले आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै विश्वभरका नेताहरुले सन्देश पठाएका छन् ।

कोरोनाप्रति निकै हेलचेक्र्याईपूर्ण व्यवहार गर्दै आएका राष्ट्रपति ट्रम्प आफैलाई संक्रमण भएपछि अस्पताल जाने क्रममा भने मास्क लगाउनुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उता, राष्ट्रपति पदका डेमोक्रेयाट प्रतिष्पर्धी जो बाइडन र उनकी पत्नीको कोरोना परीक्षणको नतिजा भने नेगेटिभ आएको छ ।

टिप्पणी थप्नुहोस्