प्रधानमन्त्री सचिवालयका चार र सुरक्षामा खटिएका ६७ जनामा कोरोना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चारजनामा कोरोनाभाइरसको संक्रमण भएको छ ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीमा संक्रमण देखिएको हो । उनीहरुको शुक्रबार स्वाब परीक्षण गरिएको थियो ।

शनिबार उनीहरुले सामाजिक सञ्जालमार्फत् आफूहरुलाई कोरोना संक्रमण भएको जनाएका हुन ।

सचिवालय सदस्यहरुमा संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीको पनि कोरोना परीक्षण गरिने भएको छ ।

राजनीतिक सल्लाहकार रिमालले ट्वीटरमार्फत् हिजोको ‘पीसीआर’ परीक्षणबाट आफूमा कोरोना ‘पोजिटिभ’ देखिएको उल्लेख गर्दै यसबीचमा आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न अनुरोध गरेका छन् ।

यसैबीच, बालुवाटारमा कार्यरत् केही सवारीचालकमा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रधानमन्त्री तथा निवासको सुरक्षामा खटिएका विभिन्न सुरक्षा निकायका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टी भएको हो ।

नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र राष्टिय अनुसन्धान विभागबाट प्रधामन्त्री निवास खटाइएका ति सुरक्षाकर्मीहरुमा शुक्रबार र शनिबार गरी संक्रमण पुष्टी भएको हो ।

स्रोतका अनुसार सेना तर्फ २८, नेपाल प्रहरी तर्फ १९, ससस्त्र प्रहरी तर्फ १८ र विभागका २ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टी भएको हो ।

टिप्पणी थप्नुहोस्