टिकटकमा भाइरल प्रिन्सी र प्रिज्मा नाजिरसँग रमाए

काठमाडौ । ‘पर्ख पर्ख मायालु’, ‘पहिलो नम्बरमा’ लगायतका लोकप्रिय गीतकी गायिका बिन्दु परियारको नयाँ गीत ‘माया गर्छु है ‘ को भिडियो सार्वजनिक भएको छ ।

प्रेम रोमान्सले भरिएको रोमान्टिक गीतका शब्द शृजना एकनारायण भन्डारीका हुन् भने गीतमा सुदिप सागरको एरेन्ज र संगीत रहेको छ

जसमा अभिनय टिकटकबाट चर्चा कमाएर म्यूजिक भिडियोमा एकपछि अर्को गर्दै सशक्त अभिनय गर्न सफल जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको साथमा चलचित्र र म्युजिक भिडियोमार्फत दर्शकको मन जितेका अभिनेता नाजिर हुसेनको अभिनय रहेको छ ।

सान थापाले निर्देशन गरेको भिडियोलाई राजिव समर कोरियोग्राफी गरेका हुन् । अर्जुन तिवारी र उनको समूहले खिचेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका हुन् । निकै रमाइलो र सुन्दर यस म्युजिक भिडियो गायिका परियारको युट्युब च्यानलमा उपलब्ध छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री