प्रदेश-५ को नाम अब ‘लुम्बिनी’, राजधानी देउखुरी

काठमाडौं । प्रदेश–५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ ।

मंगलबार प्रदेशसभाको बैठकमा भएको मतदानबाट दुईतिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भएको हो ।

मतदानमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको थियो । प्रदेशसभामा ८७ सदस्य रहेकोमा मंगलबार मतदानमा ८२ सांसद उपस्थित भएका थिए ।

प्रदेशसभामा मतदानमा देउखुरीको पक्षमा बहुमत आएसँगै स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारले पेस गरेको प्रस्तावका पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर, कांग्रेसका केही सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा भोट हालेका छन् ।

प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पनि दुईतिहाइ बहुमतले पारित भएको छ । सो प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री