कोरोना सङ्क्रमितको सङ्ख्यामा नेपालले चीनलाई उछिन्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । पछिल्लो तथ्याकंसँगै नेपालले सङ्क्रमितको कुल सङ्ख्यामा चीनलाई उछिनेको छ ।

पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपाल अतिप्रभावित देशको सूचीमा ४४औं स्थानमा पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ जना पुगेको पुगेको छ ।

तर यता, जोन्स हप्किन्स यूनिभर्सिटीले संकलन गरेको तथ्याङ्कअनुसार मंगलबार अपराह्णसम्म चीनमा सङ्क्रमितको कुल सङ्ख्या ९०,६६० थियो।

२४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११०४७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा २३४० जनाकोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६७५४२ रहेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २२ हजार ७०९ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ५ जना पुरुष र ४ जना महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

टिप्पणी थप्नुहोस्