फिनल्यान्डमा १६ वर्षीया अभा मुर्तो बनिन एकदिने प्रधानमन्त्री

एजेन्सी । लैंगिक समानताको सूचीमा फिनल्यान्ड प्रायः शीर्ष देशमा पर्छ । तर बुधबार एउटा नौलो घटना भएको छ ।

प्रधानमन्त्री सन्ना मरिनले लैंगिक भिन्नता अन्त्यका निम्ति लड्न थप कदम उठाउँदै १६ वर्षीया एक किशोरीलाई आफ्नो पद बुधबार एक दिनका लागि हस्तान्तरण गरेकी छिन् । अभा मुर्तोले सो अवसर पाएकी हुन ।

मुर्तोले बुधबार दिनभरि राजनीतिकर्मीहरुसित बैठक गरिन । जसमा प्रविधिमा महिला अधिकारको विषयमा जोड दिइएको थियो ।

संयुक्त राष्ट्रसंघको बालिका दिवसका अवसरमा किशोरीलाई उक्त जिम्मेवारी दिइएको हो । जुन विश्वव्यापी एउटा अभियानको हिस्सा थियो ।

मुर्तोले त्यसलाई ‘उत्साहजनक दिन’ भएको प्रतिक्रिया दिएकी छन । उनी जलवायु परिवर्तन र मानवअधिकारसम्बन्धी मुद्दाहरुमा सक्रिय अभियन्ता हुन ।

टिप्पणी थप्नुहोस्