पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आफ्नो पहिलो पिसीआर नेगेटिभ आएपनि पछिल्लो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । सामाजिक संजालमार्फत उनले आफूमा कोरोना रिर्पोट पोजेटिभ आएको जानकारी गराएका हुन ।

शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् ।

‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका छन् । उनले सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

 

 

टिप्पणी थप्नुहोस्