नागरिक संवेदनशील नभए लकडाउन

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा सरकारको प्राथमिकतामा नरहेपनि नागरिक संवेदनशील नभए लकडाउन गर्न बाध्य हुने बताएका हुन ।

मन्त्री ज्ञवालीले लकडाउन गर्नेरनगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने बताए ।

उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखा पर्न थालेको भन्दै उनले नागरिकलाई सचेतना अपनाउन अपिल पनि गरे । मन्त्री ज्ञवालीले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरे

दशै, तिहार र छठजस्ता चाडपर्वहरुमा भीडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह गरे ।

जेष्ठ नागरिकहरुको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले सानो लापरवाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गरे ।

राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको काठमाडौं महामारी विरुद्धको लडाइमा पछाडी परेको भन्दै उनले विगतमा हट स्पट भएका ठाउँमा जनप्रतिनिधिहरुले कोरोना नियन्त्रणमा लिन गरेको असल अभ्यासहरु काठमाडौंमा लागु गर्न जरुरी रहेको बताए ।

टिप्पणी थप्नुहोस्