बेलायतका डायस्पोराहरुको सहित्य महासंघ पुनर्गठन

धरान । बेलायतमा बसोबास गर्दै आएका नेपाली श्रष्टाहरुको साहित्यिक संस्था नेपाली साहित्य महासंघ साउथ यूके पूनर्गिठित भएको छ ।

गएको शनिवार भएको दोश्रो अधिवेशनले श्रष्टा विजय हितान मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

अधिवेशन भर्चुअल माध्यममा भएको केन्टबाट नवनिर्वाचित सचिव अमित थेबेले बताए । अधिवेशन दोश्रो भएपनि महासंघ युकेको यो तेश्रो कार्यसमिति हो । समितिको उपाध्यक्ष थिर थापा मगर, सहसचिव लाहाङ चेम्जोङ, कोषाध्यक्ष सेमन्त राई, सहकोषाध्यक्ष सन्ध्या गुरुङ र मिडिया सचिव विश्वजीत थापा चयन भएका छन् ।

सदस्यहरूमा सर्वधन राई, टिमाया राई, सञ्जीव परदेशी, सुष्मा रुपाबुङ राई र किरण चाम्लिङ छन् । अधिवेशनले घन थापा मगरलाई संरक्षकमा चयन गरेको छ । पूर्व अध्यक्ष विश्वासदीप तिगेला, केन्द्रिय सदस्य सुरेन्द्र इङ्नाम, गणेश पुन र औँतारी साइलालाई सल्लाहकार चयन गरेको छ ।

विश्व नेपाली साहित्य महासंघ सन् २०१० मा स्थापना भएको हो । साउथ यूके शाखा सन् २०१६ को मार्चमा महासंघ गठन भएको थियो । नवनिर्वाचित अध्यक्ष हितान यसअघि सन् २०१६ देखि २०१८ सम्म अध्यक्ष थिए । २० मुलुकमा २७ वटा शाखाहरु छन् ।

पूनर्गठित समितिको पहिलो बैठकले युद्ध साहित्य, वातावरण साहित्य र मातृभाषा साहित्यको कार्यक्रमहरूमा बढी लक्षित हुने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष हितानका अनुसार बेलायतमा रहेका नेपाली साहित्यकार र सर्जकहरूको सृजनात्मक प्रतिभाहरूलाई उचित मञ्च प्रदान गर्न महासंघ क्रियाशील रहने छ ।

महासंघले आगामी नोभेम्बर सात तारिखका दिन युद्ध साहित्य सिर्जना वाचन तथा विमर्श कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । र्बैठकले वितेका कार्यकालको समीक्षा पनि गरेको थियो ।

 

टिप्पणी थप्नुहोस्