नवनियुक्त तीन मन्त्री लिए शपथ, सम्हाले कुर्सी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले नवनियुक्त तीन मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएक छन् ।

राष्ट्रपति निवास शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त तीन मन्त्री विष्णु पौडेल, लिलानाथ श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराएकी हुन ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयमा विष्णु पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरेका हुन ।

यस्तै यसअघि महिला मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै कायम गरिएको छ ।

उपप्रधानमन्त्री एव रक्षामन्त्री इश्वर पोखरेलको जिम्मेवारी भने खोसिएको छ । प्रधानमन्त्री मन्त्री परिषद कार्यालय हेर्ने गरी उनलाई उपप्रधानमन्त्रीको मात्रै जिम्मेवारी दिइएको छ ।

शपथ लिएलगत्तै नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएपछि अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पनि पदभार ग्रहण गर्दै आफू गलत नगर्ने र गलत गर्नेहरुलाई पनि स्वीकार नगर्ने बताएका छन् ।

टिप्पणी थप्नुहोस्