काठमाडौंमा भारतीय ‘रअ’ प्रमुख

काठमाडौं । भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका छन् । बुधबार दिउसो विशेष विमान लिएर काठमाडौं ओर्लिएका उनले केही घण्टा यहाँ रहँदा राजनीतिक भेटघाटसमेत गर्ने जनाइएको छ । यद्यपि, कुन कुन नेताले उनीसँग भेट गर्ने भन्ने खुलाइएको छैन ।

भारतीय सेनाध्यक्ष एमएम नरावणे नेपाल भ्रमणमा आउनुअघि जासूसी संस्थाका प्रमुख गोयलको नेपाल भ्रमण हुनुलाई निकै महत्वका साथ हेरिएको छ ।

कालापानी क्षेत्रमा भारतले गरेको सीमा अतिक्रमण र नेपालले सार्वजनिक गरेको नक्शा प्रकरणपछि दुई देशबीच सम्बन्ध हार्दिक नभएकै समयमा गोयलको आगमन भएको छ । नोभेम्बरको पहिलो सातामा भारतीय सेनाध्यक्ष नरावणे नेपाल आउँदै छन् ।

गोयलको भ्रमण कार्यक्रमबारे परराष्ट्र मन्त्रालयलाई पनि जानकारी दिइएको छैन । तर उनको भ्रमण टोलीमा सात जना रहेको बताइएको छ ।

टिप्पणी थप्नुहोस्