नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो सहित कोरोना संक्रमितको जम्मा संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार २१५ छ । योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भइ डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ जना छन् । पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या ८१२ पुगेको छ । काठमाडौं उपत्यकामा थप १५५२ जना कोरोना संक्रमित भएका छन् ।

काठमाडौंमा १२८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना संक्रमित थपिए ।

टिप्पणी थप्नुहोस्