नेकपा नेता जनार्दन र पत्नी लक्ष्मीलाई कोरोना संक्रमण

काठमाडौं । नेकपाका नेता जनार्दन शर्मा र उहाँकी पत्नी लक्ष्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीलाई कोरोना संक्रमण देखिएको हो । आइतबार बिहान फेसबुकमा स्टाटस राख्दै प्रभाकरले आफूलाई संक्रमण भएको जानकारी दिएका छन ।

केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन नेता नेताले अनुरोध गरेका छन् ।

उनी होम आइसोलेसनमा छन् । उनका भाइ एवम् नेकपाका युवा नेता अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको छ । उनी पनि होम आइसोलेसनमा बस्दै आएका छन् ।

टिप्पणी थप्नुहोस्