कोरोनालाई ख्याल ठट्टा नसम्झनु, म मरेर बाँचे

लमही (जिएनएन) । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेसका सार्बजनिक लेखा सभापति डिल्लीबहादुर चौधरीले कोरोनालाई परास्त गर्न आफूले निकै संघर्ष गर्नुपरेको बताएका छन् ।

चौधरी बुधवार मात्र बाँकेको नेपालगंज स्थित भेरी अस्पतालबाट डिस्चार्ज भएका हुन् । नेता चौधरी डिस्चार्ज भएर अहिले नेपालगंजमा रहेको आफ्नै घरको आइसोलेनसमा बसेका छन् ।

जिएनएनसंग कुराकानी गर्दै नेता चौधरीले आफुले अब बाँच्छु भन्ने आश मारी सकेको भन्दै मृत्युलाई जितेर फेरी नयाँ जन्म पाएको बताए । बुटवल हुँदा नै आफुलाई ज्वरो आउने, शरीर दुख्ने भैरहेको थियो । व्यस्तताका कारण चेकजाँच गर्न नपाएको बताए ।

केही दिनपछ दाङ्ग आएर पिसिआर परीक्षण गर्दा दुई पटक नेगेटिभ र दुई पटक पोजेटिभ आएको थियो । दाङ्गमा आएपछि उनको शरीरले थेग्न नसक्ने गरि ज्वरो आएको थियो । म दाङ्ग आइसकेपछि कोरोनाका लक्षण देखापरि सकेका थियो, खाना मिठो नहुने, मुख सुक्खा हुने लगायतका समस्या हुँदै गएको थियो । उनी निकट एकजना डाक्टरले चेकजाँच पश्चात नेपालगंज जान सल्लाह दिएका थिए । त्यसपछि उनी नेपालगंजको भेरी अस्पताल पुगेका थिए ।
््
उनलाई स्वास्थ्यकर्मीले अझै केहिदिन होम आइसोलेसनमा बस्न सुझाब दिएको बताए । पहिले सांसद चौधरीलाई कोरोना संक्रमण भएपछि ब्लड प्रेसर उच्च भएको थियो । उनी सुगरका विरामी पनि थिए । यसैविच सांसद चौधरीले कोरोनालाई कसैले पनि हल्का रुपमा नलिन आग्रह गरेका छन । आफु संक्रमित भएर अस्पतालमा बस्दाको पीडा सुनाउदै सांसद चौधरीले सकेसम्म यो रोगलाई नेपालबाटै निर्मुल पार्नु पर्नेमा सरकारको ध्यान जान जरुरी देखिन्छ भने।

यसैबीच चौधरीले कसैलेपनि कोरोनालाई ख्याल ठट्टा नगर्न आग्रह गरेका छन् । ‘म मृत्यु जितेर फर्किएको छु,’ चौधरीले भने । कोरोनालाई कसैले पनि ख्याल ठट्टा नसंझनु होला, लापरबाही नगर्नु होला ।

आवश्यक सावधानी अपनाउनु होला । यसले जतिबेला र जस्लाई पनि जोखिममा पार्न सक्छ । उनले आफुले कोरोनाका कारण निकै पीडा झेल्नु परेको बताए । आफ्नो उपचारमा दिनरात खटिएर सघाउने भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, फोनबाट मनोबल प्रदान गर्ने सबै शुभचिन्तक र आफन्तमा धन्यवाद ज्ञापन गरेका छन् ।

कोरोना संक्रमण भै अस्पतालबाट भर्खरै डिस्चार्ज भएका नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेसका सार्बजनिक लेखा सभापति डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश भरि रहेका सरकारी अस्पताललाई व्यवस्थित गर्ने बताए ।

सरकारले सर्वप्रथम स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ, जनता रोगले मर्न नपरोस । म आफैं अस्पतालमा बसेर फर्केको छु, नेपालगंज भेरी अस्पतालमा स्वास्थ्यकर्मीबाट धेरै राम्रो सेवा पाएँ, बाँच्ने आस मारी सकेको मैंले उहाँहरुको हौसलाले पनि पुनर्जन्म पाए तर प्रदेशका सबै अस्पतालमा त्यस्तै सेवा सुबिधा हुनु पर्दछ तब मात्र मानिसले राम्रो सेवा पाउँछ ।

कतिपय अस्पतालको अवस्था दयनीय छ, जसको सिधा असर जनताले खेप्नुपर्छ नेता चौधरीले भने । म पूर्ण रुपमा निको भएर घर फर्किए भने शुरुमा मुख्यमंत्री ज्यु संग यो बारेमा कुरा राख्ने छु । यति बेला देश संकटमा छ, बढी भन्दा बढी बजेट स्वास्थ्यका लागि छुटाउने पहल गर्नेछु । प्रदेशका सबै अस्पताललाई व्यवस्थित गराएर जनतालाई सेवा दिने बनाउनेमा मेरो पहल हुनेछ ।

टिप्पणी थप्नुहोस्