नेता खड्काले दिए बृद्धबृद्धालाई न्यानो कपडा

इलाम । इलामका अग्रज समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता डम्बर खडकाले विहीबार माइभगवती बृद्धआश्रममा रहेका बृद्धबृद्धालाई न्यानो ओडने र लगाउने कपडा साथै नगद प्रदान गरेका छन् ।

उनले आश्रममा बस्ने गरु र कर्मचारीलाइ समेत कपडा उपलब्ध गराएका छन । आप्ना पितृको नाममा माइभगवतीमा लगाइएको त्रिपिण्डी श्राद्ध समापनपछि खानेकुरासहित उक्त सामाग्री र प्रतिब्यक्ति नगद पाँचसय रुपैंयाँ हस्तान्तरण गरेका हुन ।

आप्ना पितृहरु जो हराएका, घर छाडेर फिर्ता नआएका, अकालले मृत्यु भएकाहरुमा बायुमा बसेका हुन्छन भन्ने धार्मिक मान्यताका आधारमा खडका दाजुभाइहरुद्धारा संयुक्त रुपमा लगाइएको ब्राम्हण पाठपछि परिवारसहितको उपस्थितिमा उक्त सामाग्री र नगद हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण पछि उनले बाबुआमा भनेका जिउँदा देवता हुन । उनीहरु जीवित रहँदा उनीहरुप्रति गरिने पूण्य कार्यले जीवन्त आर्शिबाद मिल्ने समेत बताए ।

टिप्पणी थप्नुहोस्