१२ किलो अबैध अफिमसहित दुईजना पक्राउ

रुकुम पश्चिम । शुक्रबार बिहान १२ किलो अबैध अफिम सहित दुई जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडी स्थित धिरेन्द्र शाहको घरमा बसिरहेका जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ का मालबहादुर सिंह र सोही ठाउँका कालीबहादुर सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरि कार्यालय रुकुम पश्चिममका सूचना अधिकारी प्रहरी निरीक्षक हरि बहादुर ओलीका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोली,लागु औषध ब्यूरो सुर्खेतको टोली र रुकुम पश्चिमबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १२ किलो अफिम सहित उनीहरु दुबै जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरुलाई लागू औषध नियन्त्रण ऎन २०३३ अनुसार कारबाही चलाईने प्रहरीले जनाएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री