ओली सरकार अराजकता, बेइमानी, कुशासनतर्फ उन्मुख

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले ओली सरकार अराजकता, बेइमानी, कुशासनतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीको १३ औं दिनको पुण्यतिथिमा शनिबार पोखरामा भएको श्रद्धाञ्जली सभामा उनले दुई तिहाईको दम्भका कारण सरकार असफल भएको बताए ।

उनले ओली सरकार मुलुकको शिर झुकाउने काममा अग्रसर भएको पनि बताए । कोभिड संक्रमण व्यवस्थापनमा सरकार असफल भएको उनको भनाई थियो ।

महतले सरकारले संविधान कार्यान्वयन गर्न नसकेको समेत आरोप लगाए । उनले स्वर्गीय केसीले नेपालको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गरेका थिए ।

टिप्पणी थप्नुहोस्