खुलामञ्चमा खाना खुवाउने अभियान रोकिएन

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबार (आज)देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेपनि हाम्रो टिम नेपालले खाना खुवाएको छ ।

असहाय मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

महानगरपालिकाले मंसिर २ गतेदेखि खुलामञ्चमा नभइ अन्य ठाउँमा व्यवस्थित गरी खाना खुवाउन हाम्रो टिम नेपाललाई आग्रह गरेको थियो ।

सोहीअनुसार मंगलबारदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । तर, खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउन आफूहरु बाध्य भएको पन्तले बताए ।

खाना खान आउने मानिसहरुले भने खुलामञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘कि काम देऊ, होइन भने खान देऊ’ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् ।

सडकमा बसेर खाना खानु आफूहरुको रहर नभइ बाध्यता भएको पनि उनीहरुले बताए । काठमाडौं महानगरपालिकाले भने अव्यवस्थितरुपमा खाना खुवाउँदा कोरोना संक्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना नखुवाउन आग्रह गरेको छ ।

व्यवस्थित ठाउँमा खाना खुवाउने भए आफूले पनि सक्दो सहयोग गर्ने महानगरपालिकाले बताउँदै आएको छ

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री