वाणिज्य महासंघमा चुनावी रौनक: सौरभ ज्योतिको टीममा को को ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा बिहीबार देखि काठमाडौंमा सुरु हुँदैछ । १३ गतेसम्म हुने चुनावी साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । आफ्नो प्यानलमा क्षमता र अनुभवी उद्योगी–व्यवसायीको सहभागिता रहेकाले आफूहरुले चुनाव जित्नेमा दुवै प्यानल विश्वस्त छ । दुवै पक्षले आफ्नो बलियो उपस्थिति र दाबेदारी देखाइरहेको महासंघको चुनावी प्रतिस्पर्धा निकै नै रोचक हुने देखिएको छ । वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धामा रहेका किशोर प्रधान प्यानलको एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् ।
अनुभवी, ३ कार्यकाल, २ कार्यकाल, १ कार्यकाल काम गरि सकेका देखि नयाँ युवा नेतृत्वसम्म समेटेर सौरभ ज्योतिले एउटा सबल र सक्षम टिम बनाएको दावी गरेका छन् । विभिन्न क्षेत्रको अनुभव भएका, विगतमा राम्रो योगदान गरेका र सामाजिक काममा पनि उत्तिकै योगदान गरेका यि व्यवसायीको समूह महासंघको आगामी कार्यकालमा आफ्नो भिजन अगाडि बढाउन सक्षम रहेको भावी अध्यक्ष शेखर गोल्छाको विश्वास छ ।
आ–आफ्नो व्यवसायमा अव्वल रहेका र समाजमा राम्रो छवि कायम गरेका यि उद्यमी व्यवसायीको समुहले एशोसिएट सदस्यको एजेण्डा राम्ररि बुझेकाले र ठुला देखि मझौला सबै व्यवसायीको प्रतिनिधित्व समुहमा भएकोले मतदाताको विश्वास प्राप्त गर्न सजिलो हुने देखिन्छ ।
‘हामी सबैको अनुभवलाई महासंघ र व्यवसायीको हितमा काम गर्न प्रयोग गर्नु नै हाम्रो पहिलो प्राथमिकता हो, हामी सबै नै उद्योग व्यवसाय गर्ने वातावरणलाई अझ सहज र सबल बनाउन आफ्नो समय र अनुभव दुवैको योगदान गर्न अगाडि सरेका हौं’ भन्दै सदस्य उम्मेदवार रन्जीत राज आचार्यले मतदातालाई यो टिमलाई जिताएर मौका प्रदान गर्न आग्रह गरे । विभिन्न उद्योग, सेवा, ट्रेडिङ, कन्सल्टिङ, आयात–निर्यात, ट्राभल, होटेल, निर्माण, हाइड्रोपावर, रियल स्टेट इत्यादि सबै क्षेत्रको अनुभव भएका उम्मेदवारको समुह बनेकोले पनि हामी परिणाममुखि काम गर्न सक्छौं भन्ने कुरामा कुनै द्विविधा नरहेको अर्का सदस्य उम्मेदवार प्रबलजंग पाण्डेले दावी गरे ।

टिप्पणी थप्नुहोस्