स्थानीय सरकारद्वारा विद्यालय खुलागर्ने तयारी

धरान । सरकारले कक्षा १२ को परिक्षा भौतिक उपस्थितिमा देशभर संचालन गरेसँगै धरानमा स्थानिय सरकार उपमहानगरपालिका विद्यालय खुलागर्ने तयारीमा लागेको छ । मंगलवारदेखि संचालन भएको परिक्षा कोरोना संक्रणबाट सुरक्षाको उपाय अपनाउँदै भौतिक दुरी कायम गरी संचालन भएको हो ।

धरानमा संचालित परिक्षा केन्द्रहरुको निरिक्षणको क्रममा विहीवार मेयर तिलक राईले सरकारले स्थानीय तहको तजबिजमा विद्यालय खुलागर्ने निर्णय गरेको बताउँदै उपमहानगरपालिका विद्यालय संचालन गराउने तयारीमा लागेको बताएका हुन् ।

उनले स्वास्थ्य मापदण्डको पालना गरी अनिवार्य भौतिक दुरी कायम गराउँदै विद्यालय संचालन गर्न सकिने बताउँदै भने ‘सामुदायिक विद्यालयमा पनि स्वास्थ्य फोकल पर्शन स्टाफ नर्श राख्न आवश्यक छ ।’

भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने बारेमा प्रध्यानाध्यापक, व्यवस्थापन र अभिभावकहरु छलफल गरी उनीहरुसँगको समन्वयमा विद्यालयहरु खुलाउन सकिने देखिएको मेयर राईले बताए ।

सरकारले भौतिक उपस्थितिमा कक्षा १२ को परिक्षा संचालन गरेपछि कोरोना संक्रमणबाट सुरक्षित रहन अवलम्बन गरिएको स्वास्थ्य मापदण्डका उपायहरु अनुगमन गर्न मेयरको नेतृत्वमा उपमेयर सहितको टोलीले परीक्षा केन्द्रहरु निरीक्षण गरेको हो ।

संस्थागत तथा सामुदायिक विद्यालयहरुमा संचालन गरिएको परिक्षा केन्द्रहरुको अवलोकनमा परीक्षा सन्तोषजनक र व्यवस्थित ढंगबाट संचालन भएको बताए । मेयर राईले परिक्षार्थी र शिक्षकले स्वास्थ्य मापदण्डको पालना गरेको पाइएको बताउँदै भने ‘नीजि विद्यालयमा स्वास्थ्य फोकल पर्शन राखिएका थिए, सामुदायिक विद्यालयमा पनि यस्तो व्यवस्था गर्न जरुरी छ ।’

उनका अनुसार कक्षा १२ को परिक्षा संचालन गरेको ढाँचामा नै कोरोना संक्रमण जोखिमप्रति सजगता अपनाएर विद्यालय खुलाउन सकिन्छ सकिन्न भन्ने विषयमा सरोकारवालाहरु संग छलफल आवश्यक छ । निरिक्षण टोलीमा उपमेयर मञ्जु भण्डारी, शिक्षा अधिकृत रामचन्द्र कार्की, प्रशासकिय प्रमुख विदुरप्रसाद खनाल सहभागी थिए ।

शिक्षा अधिकृत कार्कीका अनुसार प्रध्यानाध्यापक र अभिभावकहरुको मनसाय विद्यालय खुलाउनुपर्ने पाइएको छ । शिक्षकहरु सकरात्मक पाइएका छन् । विद्यालय खुलाउने बारेमा प्रध्यानाध्यापक र अभिभावकहरुसंग उपमहानगरपालिकाको छलफल भैरहेको छ । विद्यालय सञ्चालन गर्दा अपनाइने स्वास्थ्य सुरक्षा मापदण्ड सहितको सुझाव प्रतिवेदन प्रध्यानाध्यापकहरुले बुझाउने भएका छन् ।

पब्लिक हाइस्कुलमा प्रध्यानध्यापक ईन्द्रमोहन झाका अनुसार कक्षा १२ को परिक्षा स्वास्थ्य सुरक्षा मापदण्ड पालनमा मर्यादित रहेर सञ्चालन भएको बताउँदै भने ‘अब यसै अनुसार विद्यालयहरु संचालन गरिनु पर्दछ ।’ नौ महिना देखी पठनपाठन बन्द हुँदा विद्यार्थीहरुको भविष्य विग्रने स्थितिमा पुगेको उनले बताए । विद्यालयमा हेल्थ डेस्क, फोकल पर्शन स्टाफ नर्श राखिने उनको भनाई छ ।

यसैबीच वीपी प्रतिष्ठान माईक्रोबायोलोजीका सहायक प्राध्यापक डा. नारायणराज भट्टराईले भने कोरोनाको जोखिम विद्यमान रहेको बेला विद्यालय खुलाउन उचित नहुने बताएका छन् । बालबालिकामा मास्क लगाउने बानि नभएकोले जोखिम मोल्न नहुने उनको भनाई छ ।

घरबाट अभिभावकले मास्क लगाएर स्कुल पठाउँछन घर फर्किदा मास्क नहुने अवस्था रहेको उनले बताए । विद्यालयमा कसैमा संक्रमण भए अभिभावक नै संक्रमित हुने खतरा भएको उनको भनाई छ । जाडो मौसम शुरु भएकोले बालबालिकामा संक्रमण बढ्न सक्ने जोखिम भएको बताउँदै उनले भने ‘अहिले अनलाइन माध्यमबाट पठनपाठन उचित हुन्छ ।’

यसैबीच कोरोनाको जोखिम अवस्थामा सरकारी विद्यालयमा पढ्ने बालबालिकालाइ अनलाइन शिक्षाको अभ्यास गराउन इटहरीका तीनजना अगुवा युवाले एक प्राथमिक विद्यालयलाई तीन सेट कम्प्युटर प्रदान गरेका छन् ।

इटहरी ५ स्थित रक्तमाला आधारभूत विद्यालयलाई उद्योग बाणिज्य माहासंघ केन्द्रिय सदस्य रोहित प्रसाई, नेबिसंघका केन्द्रिय सभापति राजीव ढुंगाना र इञ्जिनियर भविन खड्काले ८५ हजार मुल्य बराबरको ३ थान कम्प्युटर प्रदान गरेका हुन ।
नेबिसंघका केन्द्रिय सभापति ढुंगानाले कोरोना भाइरस संक्रमणको जोखिममा बालबालिकालाई प्रबिधि मार्फत सिकाइ प्रदान गर्न सहयोग पुगोस भनि कम्प्युटर सहयोग गरेको बताए । महासंघ केन्द्रिय सदस्य प्रसाईका अनुसार अनलाइन शिक्षाको कुरा भैरहदा सरकारी स्कुलमा बालबालिकाले कम्प्युटर समेत नदेखेको अवस्थामा उनिहरु लाई प्रारम्भिक सिकाईका लागि सहयो पु¥याउन साहयो गरिएको हो ।

ब्यवस्थापन अध्यक्ष जीतमान लिम्बुले समय र परिस्थिति अनुसार प्रविधिमा जान धेरै बिद्यालय लाई साधन र श्रोतका अभाव छ । प्राप्त सहयोगले उत्साह थपेको बताउँदै उनले भने ‘अनलाइएन शिक्षा भन्न सजिलो छ तर विद्यालय र विद्यार्थी लाई गाह्रो छ ।’

 

टिप्पणी थप्नुहोस्