नेकपाको कार्यालय प्रहरी र सशस्त्रको सुरक्षा घेरामा

काठमाडौं- नेकपाको स्थायी समिति बैठकस्थल धुम्बाराहीमा रहेको पार्टी कार्यालयलाई प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा घेरामा लिएका छन्।

सचिवालयमा प्रस्तुत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन छलफलका लागि प्रस्तुत गरिने र दुबै अध्यक्षले सम्बोधन गर्ने कार्यसूची रहेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओली आउने नआउने टुंगो छैन।

ओली निकट नेता सुवासचन्द्र नेम्वाङले संक्रमणको जोखिम भएकाले ओलीले चिकित्सकसँग परामर्श गरिरहेको बताएका थिए।

यस अगाडि धुम्बाराहीमा राख्न खोजिएको सचिवालय बैठक सुरक्षाका कारणभन्दै बालुवाटारमै सारिएको थियो। स्थायी समिति बैठक ओलीको इच्छाविपरीत राखिएकाले उनी नआउने सम्भावना रहे पनि पार्टीको बैठक अवज्ञा गरेको भन्दै आलोचना थप बढ्नसक्ने जोखिमका कारण उनी आउने सम्भावना पनि छ।

शनिवारको सचिवालयमा समेत आउन इच्छा नभए पनि उनी बाध्य भएर सहभागिहुँदै अध्यक्ष र प्रधानमन्त्री कुनै पद नछाड्ने अडान राखेका थिए।

टिप्पणी थप्नुहोस्