‘कोरोनाको त्रासले अल्छे श्रष्टाहरु सुतेर बसे’

धरान- कोविड–१९ कोरोना संक्रमणको जोखिम बाट नेपाल अहिले पनि मुक्त छैन् । सिर्जनशिल क्षेत्रमा यस्ले पारेको प्रभावको मुल्याङकन कमै भैरहेका छन् । कोरोनाको पिडा साहित्यिक लेखनमा कसरी अभिव्यक्त भएका छन्, त्यस्को समिक्षा भैरहेको छैन् । भौतिक उपस्थितिमा हुने साहित्यिक गतिविधिहरु ठप्प भएकोले अनुमान गर्न कठिन छ ।
समालोचक प्राडा.भीम खतिवडा भन्छन् ‘सबै गतिविधिहरु भच्र्युअल भैरहेका छन् अब साहित्यका गतिविधिहरु पनि प्रविधिमा जानु जरुरी भैसकेको छ ।’
पूर्वको प्रदेश–१ पहाडि क्षेत्रमा प्रविधिको पहुँच पुगिनसके पनि सुविधाजनक ठाउँका श्रष्टाहरु जोडिए सिर्जनशिल क्षेत्रमा कोरोनाको प्रभाव बुझ्न सकिन्छ । इटहरीमा शनिवार क्यानभास साहित्य समाजको छलफलमा उनले भने ‘कोरोना महामारी धेरै श्रष्टाहरुका लागि सिर्जनाका अवसर बनेको पाइन्छ, अल्छे श्रष्टाहरु भने कोरोना भन्दै सुतेर बसे ।’
उनि आफै कोरोना संक्रमीत बने तर, लकडाउन यता पहिल्यै देखी लेख्दै गरेको महाकाव्य लाई पूर्णता दिनुका साथै फुटकर समालोचना, कविता उत्तिकै लेख्न भ्याइरहेका छन् । कोरोना संक्रमण जोखिमपूर्ण जीवन मृत्युको सवाल भएको अनुभव सुनाउँदै भने ‘मनोबल बढाउन पनि श्रष्टाहरु स्वास्थ्य सुरक्षाका उपाय अपनाएर कृयाशिल रहनु पर्दछ ।’
साहित्यका श्रष्टाहरुका तुलनामा लकडाउन र कोरोनाको जोखिममा पूर्वका चित्रकलाका श्रष्टाहरु निकै अघि रहे । संक्रमणको जोखिम बाट जोनि घरमै सुरक्षीत रहेको बेला उनिहरु चित्रकला सिर्जनामा तल्लिन रहे । चित्रकला प्रदर्शनको माध्यम उनिहरुले सामाजिक सञ्जाल लाई अधिकतम प्रयो गरे । अग्रज चित्रकार प्रणोद दत्त भन्छन् ‘कोरोनाकालमा चित्रकला व्यवसायीक पनि बन्यो ।’
मुुुुुुर्तिकलामा पनि अभ्यस्त चित्रकार महेन्द्र राई आर्थिक रुपमा पनि कोरोनाकाल उपलव्धिपूर्ण रहेको बताउँछन् । इन्टरनेशनल वाटर कलर सोसाईटीले देशभरका कलाकारहरु सहभागी गराई भच्युअल लाइभ गरेको १०० घण्टा चित्रकला कार्यशालामा पूर्वको उत्साहपूर्ण सहभागीता थियो ।
साहित्यको क्षेत्रमा क्षेत्रमा त्यस्तो सकृयता र प्रविधिको प्रयोग त्यती हुन नसकेको अनुभव इटहरी भेलामा लेखक साहित्यकारहरुले अनुभव गरे । प्राडा.खतिवडाका अनुसार तथापी विराटनगर, धरान र इटहरी बाट भच्र्युअल साहित्यिक जाघटअरु नभएका होइनन् । त्यस्को दायरा सिमित भएकाले सबै श्रष्टा समेटिएनन् र साहित्यमा रुची राख्नेहरु सहभागी हुन पाएनन् । उनले भने ‘पछिल्लो पटक सामाजिक सञ्जाल फेसबुकमा कविता सहित्य प्रकाशित गर्ने चलन बढेको छ, यस्ले प्रविधि प्रयोगप्रति श्रष्टाहरु लाई उत्प्रेरित गर्छ ।’ <br\>तर, कोरोनाकालको समाज मनोविज्ञानमा आधारित कृति भने बजारमा आएको छैन् । चित्रकला र साहित्यको प्राविधिक भिन्नता भनेको चिककला श्रष्टाले तयार गरिसकेपछि लगत्तै सार्वजनिक गर्न सकिन्छ । साहित्यका कृति भने श्रष्टाले सिर्जना गरेपनि सार्वजनिक रुपमा प्रकाशित हुन कहिले कहीँ वषौं पनि लाग्न सक्छ । कति श्रष्टाहरुले कृति तयार गरे होलान ? यो अनुमान गर्न सकिने कुरा पनि भएन । प्राडा खतिवडा भन्छन् ‘कोरोनाको लकडाउन शुरु भएको जेठ देखी ३÷४ महिना त सबै संक्रमणको त्रासले सुतेरै बसे, हिजोआज बल्ल यसरी बसेर हुन्न भन्ने लाग्न थालेको छ ।’
छलफलमा कवयत्री अस्मिता भट्टराईले भनिन् ‘कोरोना त्रासको खाली समयमा उत्प्रेरित भएर बल्ल मैले गजल लेख्न थालेकी छु ।’ उनको कोरोनाकालको गजल संग्रह कहिले कृतिको रुपमा तयार हुने हो, अहिल्यो भन्न सकिन्न । प्रसिद्ध कवि मनु मञ्जिलले भने ‘कविता भनेको साधना हो, साधना भयो भनेमात्र एउटा राम्रो कविता बन्छ ।’ कविता लेख्नका लागि गहिरो अध्ययन मनन जरुरी भएको बताउँदै उनले सहभागी युवा श्रष्टाहरु लाई एउटा संगीतकारले गीत रेकर्ड गर्दा कति साधना र अभ्यास गरेका होलान कविताको सिर्जना पनि त्यसरी गर्नसके राम्रो भएको बताए ।
युवा कवि विनय सरगमले भने अग्रज पुस्ता संग गुनासो गरे । पूर्वमा साहित्यका सबै विधाका अग्रहरु भएपनि नयाँ पुस्ता संग अन्तरकृया नभई रहेको उनको भनाई थियो । कोरोनाकालमा त्यस्तै भयो तर, त्यसअघि पनि अगुवा र नयाँ पुस्ता विच साहित्यको समकालिन प्रवृत्तिका बारेमा अन्तरकृया नभएको उनको गुनासो थियो ।
समाजका अध्यक्ष भरत दाहलले पछिल्लो समय कोरोनाले साहित्यका श्रष्टाहरु पनि प्रभावित भएकाले जमघट भैरहेको नभएको बताउँदै भने ‘कारोना भनेर लुकिबसेर अब हुन्न स्वास्थ्य सुरक्षाको उपाय सहित साहित्यका गतिविधि लाई निरन्तरता दिन छलफल गरिएको हो ।’ साहित्यमा अब कोरोना प्रासंगिक बनेको सचिव विवेक विवश रेग्मीको कथन थियो ।
बद्री भिखारी, देवान किराँती, सुदीप पाख्रीन, सन्तोष थेवे, रोमु अधिकारी, राज आशातीत, नवराज मैनाली, रामप्रसाद खरेल, सुविद गुरागाईँ, विेकश कविन, किरण चौलागाईँ, अस्मिता भट्टराई, दीपा वाग्ले, पुस्तिका भण्डारी, किरण शिवा, बिनोद राई, सुमन रेग्मी, मिलन चाम्लिङ, मनोज दाहालले रचना वाचन गरे ।
प्राडा खतिवडाले कोरोनाको त्रासपछि लेखिने साहित्य नयाँ प्रवृत्ति देखिने विश्वास गरेका छन् । भन्छन् ‘नेपालमा जतिका सवालहरु धेरै उठेको छन्, तर कोरोनाले जातिको आधारमा विभेद गरेन सबैको पीडा एउटै थियो, सबै नेपालीले परम्परागत एउटै जडिबुटी लाई कोरोनाबाट बच्ने उपायको रुपमा विश्वास गरे ।’

टिप्पणी थप्नुहोस्