पार्टी किचलोको माहोलमा सर्वदलीय बैठक

काठमाडौं– पार्टी किचलोले संकटमा घेरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै मंगलबार सर्वदलीय बैठक बोलाएका छन्।

बैठकको बहाना सडकमा बढिरहेको राजतन्त्रको पक्षमा प्रदर्शन बनाएका छन्।  बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरिने बताइएको छ।

नेकपाभित्र पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरूले उनको कार्यशैलीको चर्को आलोचना गर्दै राजिनामा मागिरहेका छन्। सरकार सञ्चालनमा असफल भएको,अनियमितता बढेको लगायतका गम्भीर आरोप समेटिएको प्रचण्डको प्रतिवेदन सचिवालयहुँदै स्थायी समिती पुगिसकेको छ।

टिप्पणी थप्नुहोस्